मासिक तलब १ लाख २० हजारसहित ग्रामिण विकास लघुवित्तले माग्यो सिईओ, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थामा रिक्त रहेको सिईओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो ।

कम्पनीको सिइओ पदका लागि न्यूनतम स्नकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ३ हजार रुपैयाँ दरखास्त दस्तुर तिरेर आवश्यक कागजातसहित २१ दिनभित्र कम्पनीको प्रधान कार्यालय बुटवलमा आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया