काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक २३ गते सम्पन्न १५औं वार्षिक साधारण सभाले पारित गरेको १८.५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीले कात्तिक ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा क्रमश बोनस शेयर जम्मा गरिने भएकाले शेयर अभाौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया