एनआईबिएल समृद्धि फण्ड १ को नेप्सेमा सूचीकरण खारेजी

४ बर्ष अगाडि

काठमाडौं - एनआईबिएल समृद्धि फण्ड-१ को सूचीकरण खारेजी भएको छ । वि.सं. २०७१ पुस २३ गते नेप्सेमा सूचीकृत भएको सात वर्ष अवधिको यस फण्ड २०७८ पुस २३ गते शुक्रबार परिपक्क भएपछि सूचीकृत खारेजी भएको नेप्सेले जनाएको हो ।

फण्डको इकाई बिहीबार नेप्सेमा कारोबार हुने अन्तिम दिन थियो । यसअनुसार योजना पुस २२ गते बिहीबारसम्म इकाई खरीद गरी कायम रहने इकाइधनीले मात्र योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी फिर्ता पाउनेछन् ।

योजना अवधि परिपक्क भएसँगै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कोष प्रवर्धक रही एनआईबिएल एस क्यापिटलको ब्यवस्थापन अन्तर्गत एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ खारेज हुने प्रक्रियामा गएको हो ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले वि.सं २०७१ मंसिर १८ देखि २१ गतेसम्म प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड ईकाई बिक्री गरेको थियो । उक्त इकाई पुस २३ गते बाँडफाँड भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया