याक एण्ड यती होटलको साधारण सभा आज, के-के छन् एजेण्डा ?

४ बर्ष अगाडि

काठमाडौं - याक एण्ड यती होटलले आज आफ्नो साधारण सभा सम्पन्न गर्दैछन् । कम्पनीको ४५ औं वार्षिक साधारण सभा बोलाएको छ । 

रजिष्टर्ड कार्यालय लालदरबार, काठमाडौंमा अपराह्न ३ बजे आयोजन हुने सभामा सेयरधनीलाई बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव छ । २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेपनि कति प्रतिशत बोनस भने उल्लेख गरिएको छैन ।

साधारण सभा प्रयोजनका लागि पुस १ देखि २३ गतेसम्म बुकक्लोज गरेको छ । यसअनुसार मंसिर २९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सम्बन्धीत कम्पनीको सेयरधनी लगत पुस्तिकामा कायम रहने सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया