नेप्सेको सिईओ नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्टमा, अन्तवार्ता पुस २५ गते

४ बर्ष अगाडि

काठमाडौं - अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । 

समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको हो । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ । 

अब यी ५ जनाले  व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तवार्ताको मिति तय गरेको छ ।

सीईओ बन्नका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिय पछि नेप्सेका तत्कालिन सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया