मालढुङ्गामा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु, ३५ जना घाईते

७ बर्ष अगाडि

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस आज विहान पर्वतकोे मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो ।
मृतक तीन जनाकै सनाखत हुन नसकेको र सब परिक्षणको लागि पर्वत जिल्ला अस्पताल पठाईएको घटनास्थलमा उद्धारको लागि पुगेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक लोकवहादुर गुरुङले बताए । 
विहान सबा ७ बजे बेनीबाट नारायणघाटको लागि प्रस्थान गरेको यात्रुबहाक बस दुर्घटनामा परेपछि म्याग्दी, पर्वत र बागलुङका सुरक्षाकर्मी सहित स्थानीयबासीले घाईतेहरुको उद्धार गरेका थिए । घाईते भएका ३५ जनालाई उपचारको लागि बागलुङ अस्पताल पठाईएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया