महुली लघुवित्तले भोली २६ प्रतिशत बोनस सेयर पारित गर्ने, पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र पाउने

४ बर्ष अगाडि

काठमाडौं - महुली लघुवित्तको शनिबार पुस २४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको २६ प्रतिशत बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ । यद्दपि, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश दिने सम्बन्धी भने कुनै प्रस्ताव छैन । तसर्थ, बोनस सेयरमा लाग्ने कर रकम लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ । 
 
त्यस्तै, सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि राखेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । 
 
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभा प्रयोजनका लागि यसले पुस १२ गते एकदिन बुक क्लोज गरेको छ । तसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया