माघ ११ गतेदेखि छ्याङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार बढि कित्ता हकप्रद सेयर निष्कासनमा आउने, कहिले सम्म दिन सकिन्छ आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पौष १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा फागुन २ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया