१ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै नागरिक स्टक डिलर कम्पनी, साधारण सभा आज

४ बर्ष अगाडि

काठमाडौं - नागरिक स्टक डिलर कम्पनीको दोस्रो साधारणसभा आज हुँदै छ । सभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजेबाट सुरु हुनेछ ।

सभाले विशेष प्रस्तावका रुपमा नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर सर्वसाधारणमा ९सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित प्राथमिक सेयर (आईपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले आ.व. २०७७/०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७८/०७९ को लागि बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्तामाथि छलफल गरि पारित गर्ने छ । 

कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट संचालकहरुको मनोनयन र निर्वाचन गर्ने र  संचालकहरुको पारिश्रमिक, भत्ता एवं सुबिधा अनुमोदन तथा निर्धारण गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया