बीमा समितिले संस्थागत प्रतिनिधित्व गरेका बीमा संचालकहरुलाई शेयर चलखेल गर्न छुट

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले संस्थागत प्रतिनिधित्व गरेका बीमा संचालकहरुलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिले निर्णय गरेको छ ।

बीमा समितिले हिजो गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामार्फत यस्तो व्यवस्था गरेको हो । नयाँ निर्णय अनुसार बीमा कम्पनीमा संस्थागत प्रतिनिधित्व गरेर आएको बीमक कम्पनीको शेयर बीमा समितिको अनुमति लिएर जुनसुकै समयमा बिक्री गर्ने बाटो खोलेको हो ।

बीमा समितिले गरेको यस्तो निर्णय नेपाल धितोपत्रको नियम विपरित छ । धितोपत्रको नियम अनुसार संस्थापक शेयरधनीहरुले पदमा बहाल रहुन्जेलसम्म शेयर बिक्री गर्न नपाउने व्यवस्था छ ।

बीमा कम्पनीहरुको संस्थागत शेयरधनीले संचालक समितिमा प्रतिनिधित्व गरेकै अवस्थामा पनि संस्थापक शेयर खरिद बिक्री गर्न बीमा समितिको स्वीकृति पश्चात् पाउने व्यवस्था गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका पहिलो संसोधनमा उल्लेख गरिएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को पहिलोसंशोधन जारी गर्दै बीमकको संचालक समितिमा संस्थागत प्रतिनिधित्व भएको संचालकको हकमा नियुक्त गर्ने संस्थागत शेयरधनीले बीमा समितिको स्वीकृति लिई खरिद बिक्री गर्न बाधा नपर्ने प्रावधान थप गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया