एनएमबि बैंकले पारित गर्‍यो १५.८ प्रतिशत लाभांश, कति छ चुक्ता पुँजी ?

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी कूल १५।८ प्रतिशत लाभांश पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ । १२.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । सभाले गत आर्थिक वर्षको सम्पूर्ण वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया