काठमाडौं - आज दुई कम्पनीहरुको साधारण सभा हुँदैछ । आज छिमेक लघुवित्त र चिलिमे जलबिद्युत आयोजनाको बार्षिक साधारण सभा हुने छ ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेड
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज पौष २३ गते हुँदैछ ।
सभाले कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । यो लाभांश हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ पुस १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले पुस १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
छिमेक लघुवित्त वित्तीय संस्था
छिमेक लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिक साधारण सभा आज पुस २३ गते, शुक्रबार होटल सामना प्रा।ली मकवानपुर हेटौडा बिहान ११ बजेबाट सूरु हुनेछ ।
सभाले संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ७ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया