ज्योति विकास बैंकले आज १५.५ प्रतिशत लाभांश पारित गर्दै, कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं - ज्योति विकास बैंकको बीसौँ वार्षिक साधारण सभा आज लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै सभाले बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्बबाट बृद्धि गरि ८ अर्ब बनाउने प्रस्ताव समेत पनरित गर्ने छ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया