एशियन हाइड्रोपावरले ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने, दियो बोर्डमा निवेदन

४ बर्ष अगाडि

काठमाडौं - एशियन हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले निवेदन दिएसँगै बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरुको २९ पुगेका छन् ।

कम्पनीले पुस ११ गते ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । बोर्ड बाट कम्पनीले स्वीकृति पाएमा पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र दोस्रो चरणमा सार्वसाधारणमा आइपीओ निष्कासन गर्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया