अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीद माग

४ बर्ष अगाडि

 काठमाडौं - आज साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको साढे एक घण्टा अवधिमा कारोबारमा आएका २२४ कम्पनी मध्ये अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीद विक्री भएको छ । 

सो अवधिमा कम्पनीको ६ करोड २४ लाख बरावरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४८५ मा कारोबार भइरहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो । 

कम्पनीले १:०.३९३ अनुपातमा रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको छ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया