३८ प्रतिशत लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेडले ३७ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुष ९ गते बसेको संचालक समितिको बैठकले सभा पुष ३० गते शुक्रबार नबिल बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्ग, काठमाडौंमा बिहान ९ः३० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्तापूँजीको ३३.६० प्रतिशत बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै बोनस शेयर जारी गरी चुक्तापूँजी १८ अर्ब ४९ करोड र अधिकृत पूँजी बृद्धि गरी १९ अर्ब पुर्याउने सभाको विशेष प्रस्ताव रहेको छ । साथै सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने। गाभिने वा मर्जरमा जाने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १६ गते नै बुकक्लोज गरिसकेको छ । सो अनुसार बुकक्लोजको अघिल्लो दिन कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया