सुपरमाई हाइड्रोपावरलाई 'इक्रा एनपी आईआर त्रिपल बी माइनस’ रेटिङ

४ बर्ष अगाडि

काठमाडौं - सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया