हिमालयन जनरल इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया