प्रि ओपन सेसन : साताको अन्तिम कारोबार दिन करिब साढे १ अंकले घट्यो नेप्से परिसूचक

४ बर्ष अगाडि

काठमाडौं - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.७७ अंक घटेर २६४९.१८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४३ अंक घटेर २६४७.७६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा ९ कम्पनीको १० लाख ९८ हजार ३८३ रुपैयाँ ५० पैसा बराबरको २३ हजार ४४० कित्ता शेयर खरिदबिक्री भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया