पहिलो चरणमा एक करोड २० लाख नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

४ बर्ष अगाडि

काठमाडौं - सरकारको महत्वकांक्षी परियोजनाका रुपमा सञ्चालित राष्ट्रिय परिचयपत्र पहिलो चरणमा एक करोड २० लाख नेपालीलाई वितरण गरिने भएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार यो संख्यामा कार्डको ठेक्का सम्झौता भई हाल प्रतीतपत्र (लेटर अफ क्रेडिट) को प्रक्रिया चलेको छ । चाँडै नै कार्ड परीक्षण सकी हात(हातमा राष्ट्रिय परिचयपत्र वितरण गरिने विभागले जनाएको छ । 

अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी नागरिकको विवरण राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीमा दर्ता भइसकेको छ भने देशव्यापी रूपमा विवरण संकलनको काम भइरहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया