नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५४ रूपैयाँ ४५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९९ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया