काठमाडौं - आज दुई कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । नेपाल पुनर्बीमा कम्पनी र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिहिबार साधारण हुँदैछ ।
नेपाल पुनर्बीमा कम्पनी
नेपाल पुनर्बीमा कम्पनीको छैठौं वार्षिक साधारण सभा आज काकी ब्यांक्केट बबरमहलमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६.५० प्रतिशत बोनस शेयर र २.५० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
एचआइडिसिएल
एचआइएडिसीएलको १० औं वार्षिक साधारण सभा आज बिहान ९ बजे कम्पनीको रजिष्टडए कार्यालय हात्तिसार काठमाडौंमा बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया