काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४१ रूपैयाँ ९७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ७६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको सत्ताइसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया