काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षणमा ६५ जना गरी कुल ४३५ जनामा भाइरसको संक्रमण देखिएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक ज्यानको पनि मृत्यु भएको छैन । मुलुकभर हालसम्म ११ हजार ६०१ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ । यसैगरी, आइतबार २३९ जना निको भएसँगै हालसम्म ८ लाख १३ हजार १७६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
प्रतिक्रिया