काठमाडौं, विकास बैंकहरु स्तरोन्नति (अपग्रेड) भएर वाणिज्य बैंकमा रुपान्त्रण हुन नपाउने भएका छन् । केही विकास बैंकहरुले वाणिज्य बैंक हुनका लागि न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुगेको भन्दै वाणिज्य बैंकमा स्तरोन्नती हुनका इच्छा देखाइरहेका बेला नेपाल राष्ट्र बैंकले यस्तो प्रतिक्रिया दिएको हो ।
राष्ट्रिय स्तरका केही विकास बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याएपछि वाणिज्य बैंकमा स्तरोन्नती हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । विकास बैंक स्तरोन्नती भएर वाणिज्य बैंकमा जान्छु भन्न पाउछन् तर, स्वीकृति दिने वा नदिने भन्ने बारेमा निर्णय गर्ने अधिकारी नियामक निकायको कुरा भएको राष्ट्र बैंकले जनाएको छ ।
सवैभन्दा बढी चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याएर वाणिज्य बैंकमा स्तरोन्नती हुने योजना बनाइरहेको छ । अहिले उक्त बैंकको चुक्ता पुँजी करिव ६ अर्ब छ । उक्त बैंकले अबको दुई वर्षपछि अर्थात २०८० सम्ममा चुक्ता पुँजी ८ अर्ब पुर्याउने र त्यसपछि वाणिज्य बैंकमा स्तरोन्नती हुने बताउँदै आएको छ ।
मुक्तिनाथ विकास बैंकले सार्वजनिक कार्यक्रममा नै स्तरोन्नती हुने बताउँदै आएको छ । उक्त विकास बैंक स्तरोन्नती हुनका लागि घुमाउरो तरिकाले नियामक निकायलाई दबाव दिन थालेको छ ।
अन्य विकास बैंकका संस्थापक शेयरधनीहरुले पनि वाणिज्य बैंकमा ‘प्रमोशन’ हुन खोजिरहेका छन् । एउटा विकास बैंकलाई प्रमोशन हुन दिएको खण्डमा अरु विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नती हुन खोज्ने छन् ।
अहिलेसम्म वाणिज्य बैंकसँग मर्जरमा गएमा स्तहः विकास बैंक पनि वाणिज्य बैंकमा रुपान्त्रण हुन पाउँछन् । तर, विकास बैंकले आफै पुँजी बृद्धि गरेर ८ अर्ब पुर्याए पनि वाणिज्य बैंकमा रुपान्त्रण हुन पाउने छैनन् ।
प्रतिक्रिया