दुई कम्पनीको २ करोड १३ बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत,कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । 

कामना सेवा विकास बैंकको १८.५० प्रतिशत र सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

कामना सेवा विकास बैंकको सोही प्रतिशतका दरले हुन आउने ४९ लाख ६ हजार १३२ कित्ता बोनस शेयर र सानिमा बैंकको सोही प्रतिशतका दरले १ करोड ६४ लाख ५८ हजार ५८२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृत पश्चात् यी दुवै बैंकको बोनस शेयर अब लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया