४ दिनमा १६१ अंक बढ्यो शेयर बजारमा आज दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

४ बर्ष अगाडि

काठमाडौ, निरन्तर चार दिन देखि बढिरहेको शेयर बजार साताको चौथो कारोबारको दिन (बुधबार) दोहोरो अंकले घटेको छ । 

४ दिनमा १६१ अंक बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५.७७ अंकले घटेर २६४९.२० विन्दुमा पुगेको छ । नेप्से १.१५ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ६.६८ अंकले घटेर ४९७.०३ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २३६ वटा कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८२ रूपैयाँ ७१ पैसा बराबरको कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये आज जलबिद्युत र फाइनान्स उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहको शेयर घटेको छ ।

बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनी १८ करोड ७२ लाख ६२ हजार ३ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज मध्य भोटिकोशि जलबिद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज शेयर मूल्य बढ्ने अधिकांश कम्पनीहरु पनि जलबिद्युत क्षेत्रका रहेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया