काठमाडौं- एनआईसी एशिया बैक र एनएमबी बैंकले आ–आफ्नो कार्यालयको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
एनआईसी एशिया बैंकले चार्टर्ड अकाउन्टेन्ट (जुनियर अफिसर / सिनियर अफिसर) मा ५० जना कर्मचारी र सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (कन्ट्राक्चुअल स्टाफ)मा ५० जना गरी कुल १०० जना कर्मचारी माग गरेको हो ।
बैंकले दुवै पदमा काठमाडौं भित्र र बाहिरका लागि रोजगारी खुलाएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ५ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत आवेदन दिन सक्नेछन् ।
यस्त्र, एनएमबी बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । बैंकले बिजनेश इन्टिलेक्चुअल एनालिस्ट, सेक्युरिटी एनालिस्ट (जुनियर अफिसर)मा एक–एकजना कर्मचारी माग गरेको छ ।
त्यस्तै, आइटि डिपार्टमेन्ट।डिजिटल बैकिङअन्तर्गत ३ विभागमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन माघ ६ गतेसम्म बैंकको वेबसाइट https://nmbbanknepal.com/current-vacancies मार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया