काठमाडौं - विभिन्न दुई कम्पनीको वार्षिक साधारण सभा भोली हुँदैछ । नेपाल पुनर्बीमा कम्पनी र एचआइडिसिएलको साधारण सभा हुने भएको हो ।
नेपाल पुनर्बीमा कम्पनी
नेपाल पुनर्बीमा कम्पनीको छैठौं वार्षिक साधारण सभा भोलि काकी ब्यांक्केट बबरमहलमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६.५० प्रतिशत बोनस शेयर र २.५० प्रतिशत नगद लाभांश कर समेत गरि १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
एचआइडिसिएल
एचआइएडिसीएलको १० औं वार्षिक साधारण सभा भोलि बिहान ९ बजे कम्पनीको रजिष्टडए कार्यालय हात्तिसार काठमाडौंमा बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया