एनएमबि बैंकले भोली लाभांश पारित गर्ने, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा भोलि हुँदै छ । सभा बिहान १०ः३० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलमा हुने छ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३।३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै उक्त सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण लगायतका वार्षिक वित्तीय विवरण पारित गर्ने छ भने चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया