काठमाडौं - दुई विकास बैंकले कर्मचारी माग गरेको छ । लुम्बिनी विकास बैंक र ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
लुम्बिनी विकास बैंकले ब्रान्च म्यानेजरसहित ४ पदमा कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशबाट ब्रान्च म्यानेजर, अफिसर लेभलमा, असिस्टेन्ट ब्रान्च म्यानेजर, असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको छ ।
सो पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले माघ ५ गतेसम्म बैंकमा आवेदन दिन सक्नेछन् ।
यस्तै ज्योती विकास बैंकले कम्पनी सचिव माग गरेको छ । बैंकले न्यूनतम स्नाकोत्तर तह उत्तीर्ण भएकाहरुलाई कम्पनी सचिवमा रोजगारी खुलाएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ५ गतेसम्म बैंकमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया