२१.०५ प्रतिशत लाभांश सहित नाडेप लघुवित्तले माघ १४ गते डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ औँ वार्षिक साधारण सभा माघ १४ गतेका लागि बोलाएको छ । सभा धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट विहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांशसमेत वितरणयोग्य बनाउनेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।

साथै सभाले कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले १६ गतेदेखिनै बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया