बैंक अफ काठमाण्डूको बिओके रेमिट बचत खाता तथा मुद्घती खाता

४ बर्ष अगाडि

काठमाडौं-बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा भएका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्घती खाता सार्वजनिक गरेको छ । 

“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहनु भएका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको छ । 

विदेशमा बसि श्रम गरिरहेकाहरुले उक्त बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सक्नेछन् । यस मुद्घती खाता खोल्दा ग्राहकहरुले ११.०५% वार्षिक ब्याजदर पाउनेछन् ।  साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्नेछन् । 

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया