काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६३.०१ अंक बढेर २६७९.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.८० अंक बढेर २६८७.७५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ३६ कम्पनीको १३ लाख ६६ हजार ९१० रुपैयाँ ८० पैसा बराबरको ३ हजार ९८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ ।
यस्तै,११ कम्पनीको स्थिर रहेको छ।
प्रतिक्रिया