विमानस्थलमा कामदारलाई दुस्ख दिनेलाई कारबाही, दैनिक ४० जना कामदारलाई सस्तो दरको टिकट प्रदान

३ बर्ष अगाडि

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारीमा जाने कामदारलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताएका छन् । सोमबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् ।

संगठनका अध्यक्ष सन्तकुमार लामाले ज्ञापनपत्र बुझाउँदै आवश्यक कागजपत्र हुँदाहुँदै पनि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारका लागि जाने कामदाहरूलाई विभिन्न बहाना देखाई कागजपत्र नपुगेको भन्दै कर्मचारीहरूले दुःख दिने, कतिपय अवस्थामा होच्याउने र अपमानित गरेको भन्दै मन्त्री आलेको ध्यानाकर्षण गराएका थिए । 

मन्त्री आलेले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको कारण देशको अर्थतन्त्र चलायमान भएको भन्दै रोजगारीका लागि आवागमन गर्ने नागरिकलाई अनेकन बहानामा दुःख दिनु गलत भएको बताए । मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारमा जाने दैनिक ४० जना कामदारलाई सस्तो दरको टिकट प्रदान गर्न शुरू गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया