बच्चाछिर धुमपान विधिबाट उपचार गरिँदै

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा आबाज बन्द भएका बिरामीको बच्चाछिर धुमपान विधिबाट उपचार गर्दै कार्यालयका प्रमुख डा रामप्रवोध मण्डल । 

श्वास नलीमा मासु पलाए र ट्युमर भए आबाज बन्द हुने हुँदा बच्चचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर खीरजस्तो बनाएपछि त्यसको बाफका माध्यमबाट थेरापी गरिएको हो । 

पन्ध्र दिनको निरन्तर उपचारपश्चात समस्या निर्मूल गर्न सकिने र गत वर्ष दुई जनाको सफल उपचार भएको डा मण्डल बताउनुहुन्छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया