काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई लघुवित्त र दुई फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । कालिक लघुवित्त, जनउत्थान लघुवित्त, मल्टीपर्पस फाइनान्स र पोखरा फाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।
कालिका लघुवित्त वित्तीय
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६३ रूपैयाँ ७२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार २ सय ८३ रूपैयाँ २० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ९ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १६ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ७१ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
पोखरा फाइनान्स कम्पनी लिमिटेड
पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ सय ५५ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया