काठमाडौं, नेपाल एसबिआइ बैंकको २८ औं वार्षिक साधारण मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३.५० प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्षको २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण निर्धारण गर्ने प्रस्ताव समेत पारित गरको हो ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गरको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
प्रतिक्रिया