पछिल्लो २४ घण्टामा ३९३ जना नयाँ संक्रमित थपिए, मृतकको संख्या ११ हजार ६ सय नाघ्यो

४ बर्ष अगाडि

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५जना र १ हजार ५३५ एन्टिजेन परीक्षणमा ३८ जना गरी कुल ३९३ जनामा भाइरसको संक्रमण देखिएको हो । 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन् । यो संगै मुलुकभर ११ हजार ६०१ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ । यसैगरी, आइतबार २६३ जना निको भएसँगै हालसम्म ८ लाख १२ हजार ९३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया