काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से)मा सकरात्मक माहोल कायमै छ ।
कारोबारको अन्तिम समयसम्म ६३.०१ अंकले बढेको शेयर बजारमा २७ कम्पनीको शेयरमूल्य घटेको छ ।
डिबेञ्चरका इकाईधनीले सर्वाधिक गुमाएका छन् । सर्वाधिक गुमाउने कम्पनीहरुमा कृषि विकास बैंकको ऋणपत्र रहेको छ । बैंकको डिबेञ्चरको आज १.९६ प्रतिशतले घट्न पुगेको हो ।
त्यस्तै, नबिल डिबेञ्चरको १.९१ प्रतिशत अंक, आइसिएफसि फाइनान्स डिबेञ्चरको १.८६ प्रतिशत अंक, नबिल बैंकको १.५८ प्रतिशत अंक र बोटलर्स नेपालको १.४३ प्रतिशत अंकले घट्न पुगेको हो ।
प्रतिक्रिया