डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मो बैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ।
यस सुविधामार्फत यस बैंकका ग्राहकले एनसेलको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रयोग गर्न सक्नेछन्। यस निःशुल्क सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकले निम्नलिखित सेवाहरु उपभोग गर्न सक्नेछन्–
एनआईसी एशिया मोबैंक एप (NIC ASIA MoBank)
अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दति निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरु सहज रुपले निःशुल्क लिन सक्नेछन्। यसका साथै एनआईसी एशिया मोबैंकमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने प्रारम्भिक सेयर ९आईपीओ०मा आवेदन दिन सकिनेछ। एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्र) को प्रयोग गर्न सक्नेछन् र एपमा रहेको ‘कस्टमर केयर’ बाट ग्राहकले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन्।
आईसर्भ (iServe)
यस जततउकस्ररष्कभचखभ।लष्अबकष्बदबलप।अयmरजयmभ मार्फत मोबाइल बैंकिङ सेवाहरु ९नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट०, ग्राहकसम्बन्धी सेवाहरु ९ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरु ९नगद तथा चेक डिपोजिट भौचर भर्ने० र कार्डसम्बन्धी सेवाहरु ९ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाई० ग्राहकले सरल तरिकाले लिन सक्नेछन्।
वेबसाइट (Website)
बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm बाट ग्राहकले यस बैंकबारे अधिकतम जानकारीहरु लिन सक्नेछन्। जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्यालकुलेटुर, ईएमआई क्यालकुलेटरलगायत बैंकका अन्य सेवासुविधाको जानकारीका साथै बैंकका पछिल्ला योजनाहरु, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरुबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ।
इन्टरनेट बैंकिङ (Internet Banking)
यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरु उपभोग गर्न सकिनेछ।
बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरुमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल बैंकले ग्राहकको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहकलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क एनआईसी एशिया मोबैंक, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनसेलका ग्राहकलाई उपलब्ध हुनेछ। बैंकले ल्याएको यस नवीन सुविधाले धेरैभन्दा धेरै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रवर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवासुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरु उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ।
यसका साथै बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरु डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एनआईसी एशिया मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरु अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खातामार्फत ग्राहकमाझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु.२ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।
प्रतिक्रिया