काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा रौनकता कायमै छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको छ । नेप्से २.४१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १५.८५ अंकले बढेर ५०३.७२ विन्दुमा पुगेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २३४ वटा कम्पनीको ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर ५५ हजार ३७८ पटकको खरिदबिक्री हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन र अन्य उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहको शेयर बढेको छ ।
मंगलबार नेपाल बङ्गलादेश बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १४ करोड ७७ लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यस्तै, आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ३ वटा कम्पनीको सकारात्मक सर्किट लेभमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, मध्यभोटेकोशी जलविद्युत, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंकको सर्किट लेभमा कारोबार भएको हो ।
प्रतिक्रिया