कारोबारको दोस्रो घण्टा : नेप्सेमा ३२.४७ अंकको वृद्धि, कारोरबार रकम डेढ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक उकालो लागेको छ ।

आज कारोबार सुरु भएको दुई घण्टाको अवधीमा नेप्से परिसुचक ३५.४७ अंकले बढेर २६५२.४१ को बिन्दुमा पुगेको हो । १ बजेसम्म परिसुचक १.३६ प्रतिशतले बढेको हो ।

सो अवधीसम्म कारोबारमा आएका २२१ कम्पनीको २९ लाख ९४ हजार १६६ कित्ता शेयर २० हजार ६८२ पटक खरिदबिक्री हुदाँ १ अर्ब ५५ करोड ९३ लाख बढीको शेयर कारोबार भएको छ ।

यस्तै, कारोबारमा आएका कम्पनी मध्ये १५९ कम्पनीको शेयरमूल्य बढेको छ भने २४ कम्पनीको शेयरमूल्य घटेको छ र ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया