काठमाडौं, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद निष्कासनका लागि भोलि (पुस २१ गते) बुक कलोज गर्ने भएको छ । त्यसैले आज (पुस २० गते) सम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् ।
कम्पनीले १०ः३ अर्थात चुक्तापुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर जारी गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ।
कम्पनीको यो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासनको अनुमति दिएको थियो। हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
यो हकप्रद बिक्रीपछि कायम हुने चुक्तापुँजीको पुनः ४० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीले निर्णय गरेको छ।
प्रतिक्रिया