काठमाडौ- अरुण भ्याली हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको १५ लाख ७२ हजार ३५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया