वाइडबढी प्रकरणमा ठूला नेता संलग्न: भट्टराई

७ बर्ष अगाडि

काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाइड बढी विमान खरिद प्रक्रियामा ठूला दलका ठूला नेता संलग्न रहेको दाबी गरेका छन् । 

काठमाडौंमा बुधबार वाइडबडी विमान प्रकरणबारे गरिएको अन्तर्क्रिया कार्यक्रममा भट्टराईले ठूला दलका नेताहरु मिलेर नै विमान खरिद प्रक्रियामा अनियमिता भएको  आरोप लगाएका हुन् । 

उनले १ डलरको नक्कली कम्पनी खडा गरेर विमान खरिद गरेको प्रकरणबाट नै यसमा गडबड भएको बताँउदै भने, ‘हामीले बैंकमा ऋण लिन जाँदा त कम्पनी कति पुरानो छ भनेर हेर्छ भने १ डलरमा स्थापना भएको बिचौलिया कम्पनी मार्फत अर्बौँ अर्ब २५ अर्ब रुपैयाको कारोबार गर्न मिल्छ ? सिधै खरिद गर्नका लागि एयर बसले बेच्छ भने बीचमा अर्को कम्पनी किन चाहियो ? बिचौलिया कम्पनी खरिद गर्नु, नयाँ जहाज किन्न प्रावधान मिच्नु भनेकै त्यो भ्रष्टाचार हो । त्यसमा कति पनि दुविधा छदै छैन ।’

उनले नेपालका पहिलेदेखि नै विमान खरिद प्रक्रियामा निरन्तर भ्रष्टाचार हुने गरेको भन्दै लाउडा विमानको मुद्दाको अझै फैसला हुन नसकेको बताए । नेपालको भ्रष्टाचारको पहाडको टुप्पो बल्ल देखा परेको बताँउदै भने, ‘कहिले एनसेल प्रकरण बनेर निस्कन्छ, कहिले बूढीगण्डकी प्रकरण बनेर देखापर्छ । लाउडा विमान प्रकरण १२ वर्षदेखि अदालतमै छ । अस्ती मात्रै खबर आएको थियो, ९५ पटक त्यसको सुनुवाई सरेछ ।’

उनले ११ वर्षमा १२ वटा ठूलाठूला नाम चलाइएका प्रधानन्यायाधीश आएको उल्लेख गर्दै लाउडा प्रकरणको मुद्दा किन सारिएको भन्दै प्रश्न गरे । उनले ठूला प्रकरणको फैसला नहुने बताउँदै सबै काले काले मिलेर खाउँ भाले भन्ने बाटोमा गएपछि यस्ता विषय कहिले पनि नटुङ्गिने बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया