काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.०३ अंक बढेर २६१६.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२८ अंक बढेर २६१९.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.११ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा १३ कम्पनीको ३ लाख ५६ हजार २६२ रुपैयाँ बराबरको ३९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ।
प्रतिक्रिया