काठमाडौं, दुई फाइनान्ससहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ।
मल्टीपर्पस फाइनान्स, पोखरा फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त र कालिका लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी कम्पनीले भोलि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।
मल्टीपर्पसले गत आर्थिक वर्षका लागि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश संस्थाको यही पुस ३० गते हुने २४ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
गत आर्थिक वर्षका लागि पोखरा फाइनान्सले कुल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८.०७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२५ नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश कम्पनीको यही पुस ३० गते हुने २५ औँ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
यसैगरी जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २६.३१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशत बोनस र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद लाभांश छन्। यो लाभांश संस्थाको यही पुस ३० गते हुने ११ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
कालिका लघुवित्तले पनि यही पुस ३० गते १२ औँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १३ प्रतिशत बोनस सेयर पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
प्रतिक्रिया