काठमाडौं-प्रभु बैंकको २० औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
काठमाडौँको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १२.६३ प्रतिशत लाभांश पारित भएको हो। जसमा १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश छन्।
सभाले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय पारित गरेपश्चात बैंकको चुक्तापुँजी रु. १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ पुगेको छ।
देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ६१ वटा एक्सटेन्सन काउन्टर कार्यालय, १८९ वटा एटीएम तथा २१५ वटा शाखा कार्यालयसहित देशभर फैलिएको बैंकिङ सञ्जालका माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
प्रतिक्रिया