काठमाडौं-सिडीएस एन्ड क्लियरिङ लिमिटेडको ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।
कम्पनीको आज सम्पन्न ११ औं साधारण सभाले ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो। कम्पनीका अध्यक्ष निरञ्जल फुयालको अध्यक्षतामा सोमबार सम्पन्न साधारण सभाले सो प्रस्ताव पारित गरेको छ ।
कम्पनीमा नेपाल स्टक एक्सचेन्जको शतप्रतिशत लगानी रहेको छ । सभाले आव २०७७।७८ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया